PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रदेश प्रमुख बनाएकोमा राष्ट्रपति भण्डारी र ओलीलाई धन्यवाद दिँदै निस्किए राजेश अहिराज



सुमित मिश्र

प्रदेश प्रमुख बनाएकोमा राष्ट्रपति भण्डारी र ओलीलाई धन्यवाद दिँदै निस्किए राजेश अहिराज

जनकपुर : बर्खास्तीमा परेका प्रदेश २ का प्रदेश प्रमुख कार्यालयबाट निस्किएका छन्। आफूलाई उक्त पदमा नियुक्त गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै उनी प्रदेश प्रमुखको कार्यालयबाट बिदा भएका हुन्।

'यो पदमा नियुक्ती गर्नुभएकोमा सम्माननीय राष्ट्रपतिज्यू, नियुक्तिका लागि सिफारिश गर्नुहुने तत्कालीन सम्माननीय प्रधानमन्त्रीज्यू तथा नेपाल सरकारप्रति म हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछु,' जाँदाजाँदै अहिराजले भने।

पदमुक्त भएपछि उनले पदीय हैसियतमा राज्यबाट प्राप्त हुने कुनै सेवासुविधासमेत नलिने घोषणा गरिसकेका छन्। 'पदमुक्त भएपश्चात् पदीय हैसियतले प्राप्त हुने राज्यको कुनै सुविधा नलिने घोषणासमेत गर्दछु,' म‌ंगलवार उनले भनेका थिए।

उनी गत फागुन ७ गते शुक्रवारको निर्णयबाट प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

सरकार परिवर्तनपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पदबाट बर्खास्त गरेको हो। उनको स्थानमा सरकारले मंगलवार हरिशंकर मिश्रलाई नियुक्त गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell