PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

परदेशीको 'तिमीलाई भेटेपछि' गीत सार्वजनिक



परदेशीको 'तिमीलाई भेटेपछि' गीत सार्वजनिक

काठमाडौं : सञ्चारकर्मी ङिमा पाख्रिन(एनपी परदेशी) को 'तिमीलाई भेटेपछि' बोलको गीत सार्वजनिक भएको छ। गीत युट्बुमार्फत सार्वजनिक भएको हो।

परदेशीको शब्दमा रहेको गीतमा म्हेन्दो माया तामाङले स्वर भरेका छन्। गीतमा पदम राजन मगरको संगीत रहेको छ। गीतको एरेन्जससमेत मगरले नै गरेका छन्।

सेवा रेकर्डिङले रेकर्ड गरेको गीतमा मुस्कान मुकारुङको मिक्सिङ रहेको छ।

लामो समययता अमेरिकाको न्युयोर्कमा रहँदै आएका सञ्चारकर्मी परदेशकी यसअघि पनि दर्जन बढी गीत सार्वजनिक भइसकेका छन्। पछिल्लो गीत तिमीलाई भेटेपछि सत्य घटनाको आधारित रहेर लेखिएको परदेशीले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell