PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

अध्यादेशको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दुई जना घाइते



अध्यादेशको विरोधमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, दुई जना घाइते

पोखरा : सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा पोखरामा युवाहरुको प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन्। अध्यादेशको विरोधमा नेकपा (एमाले) निकट युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले पोखरामा बुधवार विरोध प्रदर्शन गरेको थियो।

मानव अधिकार चोकबाट शुरु भएको विरोध प्रदर्शन महेन्द्रपुलमा आएर कोण सभामा परिणत भएको थियो। कोणसभा सकिएपछि प्रर्दशनकारी र प्रहरीबीच झडप भएको हो।

कोणसभा सकिएपछि बा १ झ ५३१ नम्बरको सरकारी गाडीले परिवार ओसारेको भन्दै प्रदर्शनकारीले चाबी खोस्न लागेका थिए। चाबी खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको थियो। सो क्रममा युवा संघका अमित तिमिल्सिना र शिव पराजुली घाइते भएका छन्। घाइते दुवैको ओम हस्पिटल पोखरामा उपचार भइरहेको अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र उपाध्यायले जानकारी दिए।

उक्त घटनाको राष्ट्रिय युवा संघ र युथफोर्स गण्डकीले घोर भर्त्सना गरेको छ। अध्यादेशको विरोधमा उत्रिएका युवाले प्रदर्शनमा सरकारविरुद्ध नारा लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell