PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सबै अमेरिकी सुरक्षित नफर्केसम्म हाम्रो सेनाले अफगानिस्तान छाड्नेछैन : बाइडेन



सबै अमेरिकी सुरक्षित नफर्केसम्म हाम्रो सेनाले अफगानिस्तान छाड्नेछैन : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिक सुरक्षितपूर्वक स्वदेश नफर्केसम्म अमेरिकी सेनाको डफ्फाले अफगानिस्तान नछोड्ने संकेत दिएका छन्। एबिसी न्युज टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा बाइडेनले यस्तो संकेत गरेको बीबीसीले जनाएको छ।

बाइडेनले यसअघि ३१ अगस्टमा अमेरिकी सेनाले अफगानिस्तान छाड्ने बताएका थिए। यसबारेमा पुन प्रश्न गर्दा बाइडेनले भने, 'यदि त्यहाँ अमेरिकी जनता बाँकी छन् भने उनीहरुलाई त्यहाँबाट सुरक्षित निकाल्नुपर्छ। यो अमेरिकी सेनाको कर्तव्य हो।'

अफगानिस्तानमा अझै पनि १० हजारदेखि १५ हजार अमेरिकी नागरिक रहेको बताइएको छ। यता अमेरिकी प्रशासनहरुमा काम गर्ने ५० हजारभन्दा बढी अफगानीले पनि देश छाड्न चाहिरहेको बाइडेनले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell