PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विमानस्थलमा काबुल छाड्नेको भिड : आइतबारयता १२ जनाको मृत्यु



विमानस्थलमा काबुल छाड्नेको भिड : आइतबारयता १२ जनाको मृत्यु
Photo : Getty Images

तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि हालसम्म १२ जनाको मृत्यु भएको छ। काबुल छाड्ने क्रममा हमिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १२ जनाको मृत्यु भएको तालिवानले जनाएको छ।

विमानमा चढ्न लागेको भिड, विमानस्थलमा अस्तव्यस्तताका कारण भएको भागदौड र गोली लागेर हालसम्म १२ जनाको मृत्यु भएको बताइएको छ।

तालिवानले सत्ता कब्जा गरेपछि देश छाड्नेको विमानस्थलमा भिड लागेको छ। त्‍यसक्रममा विमान बाहिर चढेर समेत अफगानीहरु देश छाड्ने लागेका छन्। केही दिन अघिमात्रै अमेरिकी विमानमा जबरजस्ती चढेका करिब ५ जनाको खसेर मृत्यु भएको थियो। तालिवानले वैध दस्तावेज (पासपोर्ट, टिकट लगायत) नभएका अफगानीलाई विमानस्थलमा नजान आग्रह समेत गरेको छ। तालिवानले आफूहरुले कसैलाई पनि चोट पुर्‍याउन नचाहेको बताएको छ।

काबुल विमानस्थलमा हालपनि सयौंको संख्यामा मानिसहरु पुगिरहेका छन्। तालिवानले अधिकांश सीमा क्षेत्र नियन्त्रणमा लिएपछि देश छाड्न चाहनेको लागि काबुल विमानस्थलमात्रै विकल्प रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell