PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

दुई हप्तामा नविनको दुई गीत, 'खाली यो मनमा' भयो रिलिज



दुई हप्तामा नविनको दुई गीत, 'खाली यो मनमा' भयो रिलिज

काठमाडौँ : गायक नविन के भट्टराईको 'खाली यो मनमा' बोलको गीत सार्वजनिक भएको छ। 'सम्झिरहन्छु' गीत रिलिज भएको दुईसातापछि फेरि उनले नयाँ गीत ल्याएका हुन्।

दिपक पाण्डेले लेखेको यो गीतमा नविन के. भट्टराईले नै स्वर भरेका छन्। गीतमा संगीत संयोजनको काम नविन स्वयमले नै गरेका छन्।

भिडियोमा विजिना राजभण्डारी र सक्षम श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ।

नरेश ऐरको छायाँकन रहेको गीतको म्युजिक भिडियोमा नविना भट्टराईको निर्देशन रहेको छ।

२ वर्षको अन्तरालपछि नविन फेरि संगीत क्षेत्रमा फर्किएका हुन्। नेपालमा पप संगीत चर्चामा रहेको बेला नविनको गीत निकै हिट भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell