PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

युवा संघ नेकपा एमाले (समाजवादी) पार्टीमा समाहित हुने!, झण्डा रातो पृष्ठभूमिमा सेतो ५ कुने तारा



युवा संघ नेकपा एमाले (समाजवादी) पार्टीमा समाहित हुने!, झण्डा रातो पृष्ठभूमिमा सेतो ५ कुने तारा

काठमाडौं : युवा संघ नेपालले माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा एमाले (समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको छ। संघका अध्यक्ष नरेश शाहीको अध्यक्षतामा संघका उपलब्ध पदाधिकारी र विभागिय प्रमुख/उपप्रमुखको सहभागितामा बसेको बैठकले एमाले (समाजवादी) पार्टीमा समाहित हुने निर्णय गरेको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले जानकारी दिए।

यस्तै, बैठकले संघको झण्डा रातो पृष्ठभूमिमा सेतो ५ कुने तारा तीन कुना माथि र दुई कुना तल फर्केको राख्ने निर्णय गरेको छ। ‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ मूल नारा राख्ने निर्णय बैठकले गरेको छ।

संघको केन्द्रीय कमिटीको विस्तारित बैठक भदौ ११ र १२ मा काठमाडौंमा हुने भएको छ। सो बैठकमा सात वटै प्रदेश कमिटीका पदाधिकारी जिल्ला अध्यक्ष, सचिव र महिला विभाग प्रमुख, केन्द्रीय निकायहरू सहभागी हुने बताइएको छ।

भदौ ५ गते शनिवार बिहान ८ बजेदेखि ‘महिनाको २ दिन २ घण्टा राष्ट्रलाई’ अभियान अन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसर सरसफाई कार्यक्रम राख्ने निर्णय बैठकले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell