PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तालिवानले घर-घर गएर मानिसहरुको खोजखाज गरिरहेका छन् : संयुक्त राष्ट्र संघ



तालिवानले घर-घर गएर मानिसहरुको खोजखाज गरिरहेका छन् : संयुक्त राष्ट्र संघ
Photo : AP

अफगानिस्तान कब्जा गरेको तालिवानले नेटो सदस्य राष्ट्रसँग काम गरेका व्यक्तिहरुको खोजी गरिरहेको संयुक्त राष्ट्र संघको एक रिपोर्टमा उल्लेख गरिएको छ।

उक्त रिपोर्टमा तालिवानी लडाकुहरुले घर-घर गएर नेटोसँग काम गरेका व्यक्तिहरुलाई खोजिरहेको र परिवारका सदस्यहरुलाई धम्की दिइरहेको दाबी गरिएको छ।

तालिवानले भने आफूले सबैलाई माफी दिएको र बदला लिनका लागि कसैलाई पनि अपहरण गर्ने, बन्धक बनाउने वा हत्या गर्ने काम नगर्ने जनाएको थियो। तालिवानले अफगानिस्तानमा छिट्टै सरकार बनाउने भन्दै आफूलाई देश भित्र वा बाहिर कुनै दुश्मन नचाहेको समेत बताएका थिए।

तर, तालिवानले नेटोसँग सम्बन्धित व्यक्तिलाई खोजिरहेको नर्वेनियन सेन्टर अफ ग्लोबल एनालाइसिसले जनाएको हो। उक्त संस्थाले संयुक्त राष्ट्र संघलाई 'इन्टेलिजेन्स' रिपोर्ट दिने गर्छ।

उक्त संस्थाले तालिवानले 'टार्गेट' मा राखेको व्यक्तिलाई पक्राउ गर्नेसक्ने, हत्या गर्नसक्ने, परिवारका सदस्यालाई सजाय दिन सक्ने सम्भावना रहेको समेत जनाएको छ। तालिवानको 'ब्ल्याक लिस्ट' मा रहेकाहरुको सामुहिक नरसंहार हुन सक्ने चेतावनी समेत दिइएको छ।

तालिवानले सत्ता कब्जा गरेपछि काबुल अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देश छाड्न चाहनेको भिड लागेको छ। दैनिक रुपमा सयौं व्यक्ति विमानस्थल पुगिरहेका छन्। अमेरिका, बेलायत र नेटो राष्ट्रका सदस्यहरुको आफ्नो दूतावासका कर्मचारी, नागरिक र सँगै काम गर्नेहरुलाई काबुलबाट फिर्ता लग्ने प्रयास गरिरहेको छ। ती राष्ट्रहरुले दूतावास खाली गरेर गोप्य दस्तावेजहरु समेत नष्ट गरेको बताइन्छ।

तालिवानले सरकार गठनको तयारी गरिरहँदा काबुल लगायतका क्षेत्रमा तालिवानविरुद्ध सानो समूहहरुमा प्रदशर्न समेत भइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell