PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, आज ३५ जना आइपुगे काठमाडौं



अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, आज ३५ जना आइपुगे काठमाडौं
फाइल फोटो।

काठमाडौं : अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाल आइपुगेका छन्। तालिबानले अफगानिस्तानको राजधानी काबुलसहितका शहरहरू कब्जा गरेसँगै त्यहाँ रोजगारीका लागि पुगेका नेपालीहरुको विभिन्न देशको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो।

आज मात्र अफगानिस्तानबाट थप ३५ जना नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज टर्किस एयरबाट २६ जना र जजिरा एयरको नियमित उडानबाट थप ९ जना नेपाल आएका हुन्। योसँगै हालसम्म कूल ५०४ जना नेपाली नागरिकहरू अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन्।

नेपाल आएका नेपालीहरुलाई अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा शुक्रवार साँझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गराएका छन्।

उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाईन पोर्टलमा दर्ता भएका, नेपाल राजदूतावास, नयाँदिल्लीबाट प्राप्त विवरण तथा सिच्वेसन रुममा नाम टिपाएका नेपालीहरूलाई सम्पर्क गरी उनीहरु हाल रहेको स्थान अनुसार समुहीकृत सुची तयार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उक्त समुहीकृत सूची काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उनीहरूको उद्धार कार्यमा आवश्यक सहकार्य र समन्वय भैरहेको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell