PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

भारतले सेनाको जहाज लगेर काबुलबाट यसरी उद्धार गर्‍यो आफ्नो नागरिक



भारतले सेनाको जहाज लगेर काबुलबाट यसरी उद्धार गर्‍यो आफ्नो नागरिक

भारतीय सेनाको जहाजमार्फत अफगानिस्तानबाट १६८ जना मानिसलाई उद्धार गरी भारत ल्याएको छ। काबुलबाट एअर फोर्स सी-१७ जहाजमार्फत उडेको जहाज केही बेरअघि गाजियावादको हिन्दोनमा अवतरण भएको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ। उक्त विमानमा १०७ जना भारतीय नागरिक रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जनाए। पछिल्लोपटक भारतले आफ्ना नागरिकको धमाधम उद्धार थालेको छ।

काबुलबाट दोहा पुगेका १३५ भारतीय आफ्नो देश फर्किएको भारतीय सञ्चार माध्यमले जनाएको छ। यसरी काबुलबाट भारत फर्किनेमा उनीहरु पहिलो ब्चाज भएको कतारस्थित भारतीय दूतावासले जनाएको छ। अफगानिस्तानमा रहेका ५०० भारतीयहरु आइतवार नै त्यहाँबाट फर्कन चाहिरहेको बताइएको छ। यता भारतको विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीका अनुसार ८७ जना भारतीय एअर इन्डियाको विमानबाट ताजकिस्तानबाट नयाँ दिल्ली आउँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell