PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु 'दु:खद्, खतरनाक र अनावश्यक' : टोनी ब्लेर



अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुनु 'दु:खद्, खतरनाक र अनावश्यक' : टोनी ब्लेर
File Photo : MOD

बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेरले अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता लग्नुलाई 'दु:खद्, खतरनाक र अनावश्यक' भनेका छन्।

तालिवानले अफगानिस्तानमाथि कब्जा जमाएपछि पहिलो प्रतिक्रिया दिँदै ब्लेरले नेटो राष्ट्रका सेना अफगानिस्तानबाट फिर्ता हुनुले जिहादी समूहलाई फाइदा पुगेको बताए।

ब्लेरले अमेरिकासँग मिलेर सन् २००१ मा अफगानिस्तानबाट तालिवानलाई हटाउने कारवाहीमा बेलायताको नेतृत्व गरेका थिए।  

उनले अफगानिस्तान बाहिर निस्कन चहाने सबैजनाको उद्धार नभएसम्म बेलायती सेनाले अफगानिस्तान छाड्न नहुने समेत बताए।

'ती अफगान नागरिकले हामीलाई सहयोग गरेका छन्। उनीहरु हामीसँगै खडा भएका थिए। अहिले उनीहरुले हाम्रो साथ खोज्नु र हामी उनीहरुसँगै खडा हुनुपर्छ भनेर राखेको माग जायज छ' ब्लेरले भनेका छन्।

आइतबार बेलायतको रक्षा मन्त्रालयले काबुल विमानस्थलमा भएको भागदौडमा सात अफगानी नागरिकको मृत्यु भएको जनाएको छ। तालिवानले काबुल नियन्त्रणमा लिएपछि त्यहाँबाट पलायन हुन विमानस्थलमा दैनिक सयौं व्यक्ति पुग्ने गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell