PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्यालेस्टाइनी युवाहरुको विरोध प्रदर्शनपछि गाजामा इजरायलको हवाई आक्रमण



प्यालेस्टाइनी युवाहरुको विरोध प्रदर्शनपछि गाजामा इजरायलको हवाई आक्रमण
Photo : Mohammed Saber / EPA

इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ। इजरायली सेना र प्यालेस्टाइनी प्रदर्शनकारीबिच झडप भएपछि 'एयर रेड' गरिएको अलजजिराले उल्लेख गरेको छ।

जेरुसलममा रहेको अल अस्का मस्जिद जलाइएको ५२ वर्ष पुगेको दिन विरोधमा प्यालेस्टाइनी उत्रिएपछि इजरायले आक्रमण गरेको हो। युवाहरुको प्रदर्शनपछि इजरायलले हवाई कारवाही गरेको दाबी गरेको छ।

इजरायलले हमास समर्थित चारवटा हतियार भण्डारण केन्द्र ध्वस्त गरेको समेत बताएको छ। आक्रमणमा ११ जना प्यालेस्टाइनी घाइते भएका छन्।

प्यालेस्टाइनले इजरायली सेनाको गोली लागेर १३ वर्षीया बालक सहिच दर्जनौं घाइते भएको बताएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell