PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

क्रियाशील सदस्यता विवाद मिलेको कांग्रेसको दावी, देउवा र पौडेलले बुझे प्रतिवेदन



क्रियाशील सदस्यता विवाद मिलेको कांग्रेसको दावी, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलेको दावी गरेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बाँकी रहेका समस्याहरुको सहमतिमा टुङ्गो लगाएसँगै क्रियाशील विवाद मिलेको बताइएको छ।

समितिले निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा दिइएको थियो। सिटौला, रिजाल र लेखकले बाँकी रहेका विवादमा सहमति जुटाएका छन्। समितिको प्रतिवेदन आज सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बझाइएको छ। प्रतिवेदन बुझ्दै सभापति देउवाले समयमै महाधिवेशन हुने बताएका छन्।

गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको थियो। उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले गत भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाइ भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने बैठकले निर्णय गरेको भएपनि आज मात्रै प्रतिवेदन बुझाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell