PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

एमालेको वार्ता र सहमतिबारे माधव नेपाल : यो धोखाधडीको निरन्तरता हो



एमालेको वार्ता र सहमतिबारे माधव नेपाल : यो धोखाधडीको निरन्तरता हो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेका मध्यमार्गी नेताहरुलाई वार्ता र सहमतिको भ्रममा नपर्न अपिल गरेका छन्। सोमवार चन्द्रगिरि रिसोर्ट पुगेका उनले मध्यराति सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन्।

'नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्,' नेपालले भनेका छन्, 'अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु।'

सोमवार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षलाई छाडेका नेताहरुबीच ओली निवास बालकोटमा १० बुँदे सहमति भएको थियो। सहमतिसँगै मध्यमार्गी नेताहरुलाई पनि आजको एमाले स्थायी कमिटी बैठकमा डाकेको बताइएको छ।

यता नेपाल भने पार्टी दर्ताका लागि प्रक्रिया बढाउन र नेताहरुलाई मनाउन केन्द्रीय सदस्य, सांसद, केही प्रस्ताविक केन्द्रीय सदस्यसहित करिब १ सय जना नेताहरु लिएर चन्द्रगिरी रिसोर्ट पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell