PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस क्रियाशील किचलो : जिल्ला सभापतिहरु सानेपामा धर्ना बस्दै



कांग्रेस क्रियाशील किचलो : जिल्ला सभापतिहरु सानेपामा धर्ना बस्दै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु पार्टी कार्यालय सानेपामा धर्ना दिने भएका छन्। मंगलवार बिहान ११ बजेबाट उनीहरु पार्टीको केन्द्रीय कार्यायल सानेपामा धर्नामा दिन लागेका हुन्। क्रियाशिल सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै आफूहरु धर्नामा बस्न लागेको कांग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए।

'कांग्रेस क्रियाशील सदस्यता विवरण सार्वजनिक गर्नुपर्छ भन्ने हाम्रो माग हो। यो केन्द्रले सुनुवाई गरेन,' सभापति लामाले भने, 'त्यसैले हामीहरु धर्नामा बस्न लागेका हौ।'

धर्नामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाइतरका जिल्ला सभापतिहरु सहभागी हुनेछन्। 'काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरु धर्नामा सहभागी हुनेछन्,' लामाले भने। सोमवारमात्रै क्रियाशील विवाद समाधान भएको दाबी गर्दै सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कृष्णप्रसाद सिटौलाबाट प्रतिवेदन बुझेका छन्। रमेश लेखक संयोजकत्वको कांग्रेस क्रियाशील छानबिन समितिले निर्णय टुंगो लगाउन नसकेपछि शीर्ष नेताहरुले सिटौला, डा मीनेन्द्र रिजाल र लेखकलाई विवाद समाधानको जिम्मेवारी दिइएको थियो।

यता नुवाकोट कांग्रेसका सभापति जगदिश नरसिंह केसीले तीन दिन अघि नै क्रियाशील सदस्यता विवरण सार्वजनिकको माग गर्दै अनसन बस्ने चेतावनी दिएका थिए। तीन बुँदे मागसहित केसीले उक्त माग सम्बोधन नगरेमा भदौ ८ बाट केन्द्रीय कार्यालयमा धर्ना बस्ते चेतावनी दिएका थिए।

यस्तो थियो तीन बुँदे माग

१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस्।

२. क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस्।

३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell