PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यता कि उता, जाने कता?



रवीन्द्र मानन्धर

यता कि उता, जाने कता?

नेकपा एमाले औपचारिक रुपमा दुई चिरा परेको छ। यद्यपि दरार भएको ठाउँमा जोड्न सकिन्छ कि भन्दै तेस्रो धारका नेताहरु दबाई खोज्दैछन्। अध्यक्ष केपी शर्मा ओलीको सत्तालाई सत्ताच्युत गर्न सडकमा ओर्लेका अधिकांश नेता तेस्रो धारमा देखिन्छन्।

सत्ता छाडेर माओवादी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र माधव नेपालसँगै कुम मिलाएका तेस्रो धार नेताहरुसँग एकताका लागि भन्दै ओलीले पनि १० बुँदै सहमति गरेको बताएका छन्। एकताका लागि भन्दै पछिल्लोपटक ओलीसँग बालकोटमा पटकपटक भेटेका थिए तेस्रो धारका नेताहरुले। यता नेपालले भने नेकपा (एकीकृत समाजवादी) गठन गरिसकेका छन्।

ओलीले स्थायी कमिटी डाकेकै समयमा माधव नेपाल भने आफ्नो समूहलाई लगेर चन्द्रगिरि रिसोर्ट पुगेका छन्। चन्द्रगिरिबाटै नेपालले वार्ता र सहमति धोखाधाडीको खेल भएको बताइसकेका छन्। यस्तो अवस्थामा तेस्रो धारले अब कुन पार्टी रोज्ने हो? एमालेतिर वा एकीकृत समाजवादीतिर? 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell