PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

देउवालाई शेखरले सोधे : क्रियाशील सूचीमा मेरो नाम छ कि छैन?



देउवालाई शेखरले सोधे : क्रियाशील सूचीमा मेरो नाम छ कि छैन?

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो नाम क्रियाशील सदस्यता सूचीमा भएको नभएकोबारे थाह चाहिएको माग गरेका छन्। आज सानेपामा जिल्ला सभापतिहरुले शुरु गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले क्रियाशील सदस्यता विवाद अन्त्यका लागि सूची सार्वजनिक गर्नुपर्नेमा जोड दिएका हुन्।

कोइरालाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो नाम सूचीमा छ कि छैन भनी प्रश्नसमेत गरे। 'केन्द्रीय सभापतिलाई सोध्छु क्रियाशील सदस्यता सूचीमा मेरो नाम छ कि छैन? हामी सबै एक ठाउँमा छौ। क्रियाशील सदस्यता हामीले हेर्न पाउनुपर्‍यो। सच्याउन पाउनुपर्‍यो,' उनले भने।

जिल्ला सभापतिहरुको मागमा आफ्नो समर्थन रहेको र त्यो केन्द्रीय समितिले सम्बोधन गर्नुपर्ने माग शेखरको रह्यो। त्यसैगरी जिल्ला सभापति बन्न फरकफरक प्रावधान राखेकोमा पनि उनले आपत्ति जनाए।

'दुईटा प्रावधान राखेको छ जिल्ला सभापति बन्न। एक क्षेत्रमात्र भएकोले क्षेत्रीय सभापतिलेमात्र लड्न पाउने। किन राखियो?,' उनको प्रश्न थियो।

कोइरालाले कांग्रेसको परिस्थिति आफ्नै भवनमा पनि बैठक राख्न नसक्ने अवस्थामा पुग्नु दुखद भएको बताए। 'परिस्थिति कतिसम्म बिग्रिसकेको रहेछ भने यत्रो भवनमा पार्टीको केन्द्रीय सदस्य बैठक राख्न सकेका छैनौ। यो भन्दा ठुलो दुर्भाग्य के होला?' उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell