PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

एमालेको १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी निर्णय : सबै कमिटीलाई २०७५ जेठ २ गते अनुसार फर्काइने



एमालेको १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी निर्णय : सबै कमिटीलाई २०७५ जेठ २ गते अनुसार फर्काइने

काठमाडौं : नेकपा (एमाले) स्थायी कमिटीको बैठकले १० बुँदे सहमति कार्यान्वयनसँग सम्बन्धित विभिन्न निर्णयहरु गरेको छ। माधव कुमार नेपालले पार्टी विभाजन गर्दै नेकपा एकीकृत समाजवादी बनाउन निर्वाचन आयोगमा प्रक्रिया शुरु गरिसकेको अवस्थामा एकताका लागि भन्दै ‘तेस्रो धार’का रुपमा देखा परेका नेताहरुसहितको बैठक च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको थियो।

बैठकले १० बुँदे सहमति अनुरुप केन्द्रीय कमिटी, जिल्ला कमिटी र सबै कमिटीलाई २०७५ जेठ २ गते अनुसार फर्काउने निर्णय गरेको छ। केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयनका लागि कार्यदल समेत गठन गरिएको छ। बैठकमा सदस्यता नवीकरण अघि बढाउने निर्णय पनि भएको छ।

त्यसैगरी, बैठकले विधान महाधिवेशन असोज ૪ देखि ६ गते गर्ने निर्णय समेत गरेको छ। त्यस्तै, भदौ १६ देखि २० गतेसम्म जिल्ला कार्यकर्ता भेला गर्ने निर्णय गरिएको छ। 

बैठकले पार्टी एकीकरणका लागि आह्वान गर्ने तथा १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरेको छ। यस्तै, भोलि पत्रकार सम्मेलन पनि गर्ने जानकारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell