PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

भ्रष्टाचार मुद्दामा बन कार्यालय बाराका तत्कानिल तीन अधिकृतविरुद्ध आरोप पत्र दायर



भ्रष्टाचार मुद्दामा बन कार्यालय बाराका तत्कानिल तीन अधिकृतविरुद्ध आरोप पत्र दायर

जनकपुरधाम : जिल्ला बन कार्यालय बाराका तत्कालिन तीन जना अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

आयोगको कार्यालयले बाँसको कलमी विरुवा उत्पादन तथा विभिन्न प्रजातिका विरुवा खरिद तथा सदुपयोगमा भ्रष्टाचार गरेको भन्दै बन कार्यालय बाराका तत्कालिन बन अधिकृत भैरव प्रसाद घिमिरे, विन्देश्वर प्रसाद पटेल र दिनेश प्रसाद जयसवालविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।

अख्तियारले भैरव प्रसाद घिमिरे र विन्देश्वर प्रसाद पटेलविरुद्ध ४ लाख ९० हजार र दिनेश प्रसाद जयसवालविरुद्ध ३ लाख ९० हजार बिगो रकम माग दाबी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आरोप पत्र दायर गरिएको जनाइएको छ।

अख्तियारका प्रवक्ता नारायण प्रसाद घिमिरेले विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७३/७४ मा जिल्ला बन कार्यालयका अधिकृतहरुले बाँसको कलमी विरुवा उत्पादन वा खरिद तथा सदुपयोग, अम्रिसो विरुवा उत्पादन वा खरिद तथा वितरण, नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका बीउ खरिद गरी छर्ने समेतको कार्य गर्नको लागि लिएको पेश्की रकम हिनामिना गरेको उजुरी निवेदन परेको आधारमा अनुसन्धान गरिएको जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell