PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

क्रियाशील विवाद छानबिन समितिले धर्ना बसेका जिल्ला सभापतिहरुसँग छलफल गर्दै



क्रियाशील विवाद छानबिन समितिले धर्ना बसेका जिल्ला सभापतिहरुसँग छलफल गर्दै

काठमाडौं : क्रियाशील सदस्यता सूची सार्वजनिकको माग गर्दै धर्नामा बसेका जिल्ला सभापतिहरुसँग क्रियाशील सदस्यता विवाद समाधान समितिले छलफल गर्दैछ। छलफल समितिका सदस्य डा. मिनेन्द्र रिजालको निवासमा हुन लागेको हो।

अहिले बिहान साढे नौ बजे क्रियाशील विवाद समाधान समितिसँग बैठक बस्न लागेको सिन्धुपाल्चोक जिल्ला सभापति विकास लामाले जानकारी दिए। ‘हामीसँग छलफल गर्न पार्टीले नेता रिजाललाई खटाउनुभएको रहेछ,’ लामाले भने’ ‘क्रियाशील सदस्यता सार्वजनिक गर्ने सहमति भयो भने आन्दोलनका कार्यक्रम स्थगित हुन्छ।’ जिल्ला सभापतिहरुले तीन बुँदे माग राखी मंगलबारबाट पार्टी कार्यालयमा धर्ना सुरु गरेका हुन्।

उक्त धर्ना आज पनि जारी रहने लामाले बताए। माग पुरा नभए रिले अनसन शुरु गर्ने चेतावनी जिल्ला सभापतिहरुले दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell