PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

नुवाकोट, धादिङ र काभ्रेका जिल्ला सभापतिले सुरु गरे सानेपामा रिले अनसन, पौडेल र सिंह ऐक्यबद्धता जनाउन पुग्दै



नुवाकोट, धादिङ र काभ्रेका जिल्ला सभापतिले सुरु गरे सानेपामा रिले अनसन, पौडेल र सिंह ऐक्यबद्धता जनाउन पुग्दै

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवादलाई लिएर आज पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापितहरुले धर्ना दिइरहेका छन्।

आज नुवाकोटका सभापति जगदीशनरसिंह केसी, काभ्रेका सभापति मधु आचार्य, धादिङका रमेश धमलाले रिले अनशन सुरु गरेका छन्।

आजै दिउँसो २ बजे वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले रिले अनसनमा ऐक्यबद्धता जनाउन पुग्ने बताइएको छ।

शीर्ष नेताहरुबिच विवादबारे समाधान भएको भनिएपनि पौडेल पक्षका जिल्ला सभापतिहरु अनसनमा बसेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell