काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालले संविधानले दिएको अधिकार प्रयवग गरेर संख्या पुर्याएर दल फुटाउन सक्ने बताएका छन्। तर परमादेशबाट बनेको सरकारले प्रतिपक्षलाई कमजोर बनाउने गरी रातारात षड्यन्त्र गरेर पार्टी फुटाउन नपाइने ओलीले बताए।
आज पत्रकार सम्मेलन गर्दै ओलीले भने, 'कानुनले दिएको संख्या पुर्याएर पार्टी फुटाउने हो भने पाइन्छ। कोही अलग हुन चाहन्छ भने संख्या पुर्याएर पाइन्छ। तर एउटा मान्छेका लागि कानुन बनाउन जाने। प्रतिपक्षलाई कमजोर बनाउन रातारात षड्यन्त्र गर्न पाइदैन।'
ओलीले पार्टी नफुटोस् भनेर नै माधव नेपाल सहित १४ जनालाई कारवाही गरेको बताए। तर, सभामुखले पदीय मर्यादा भुलेर एमाले विभाजनको षड्यन्त्रमा साथ दिएको उनले आरोप लागए।
'पार्टी नफुटोस् भनेर नै १४ जनालाई कारवाही गरेको हो। १४ जना नपुगे पार्टी फुट्दैन थियो। तर सभामुखले पार्टी फुटाउन साथ दिए। पत्र विचारधिन भन्दै असंवैधानि काम गरे। षड्यन्त्र गरे' उनले भने।
ओलीले सम्बोधका क्रममा सभामुख अग्नि सापकोटाको चर्को आलोचना गरे। उनले सापकोटालाई कारवाहीको सूचना टाँस्न आग्रह समेत गरे।
'सभामुखले रोकेर राखेको छ। पदीय आचरण विपरित काम भएको छ। लोकतन्त्रको हुर्मत लिने काम भइरहेको छ' उनले भने।