PahiloPost

May 15, 2024 | २ जेठ २०८१

१० बुँदेमा माधव नेपालले केही शब्द फेर्न लगाएका थिए, उनलाई छलेर सहमति भएको होइन : योगेश भट्टराई



१० बुँदेमा माधव नेपालले केही शब्द फेर्न लगाएका थिए, उनलाई छलेर सहमति भएको होइन : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले १० बुँदे सहमति माधव कुमार नेपालाई छलेर नल्याइएको बताएका छन्।

आज आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिसकेपछि भट्टराईले १० बुँदेका बारेमा 'तेस्रो धार' भनिएका १० जना नेताको कुरा राख्नुपर्ने भन्दै नेपाललाई १० बुँदे सहमतिका बारेमा थाहा भएको बताएका हुन्।

उनले बैशाख २७ गते माधव नेपालले नै ६ बुँदे प्रस्ताव गरेको भन्दै त्यसैको आधारमा कार्यदल बनेको र त्यसले १० बुँदे सहमति तयार गरेको बताए।

'एकताको ६ बुंदा माधव नेपालले तयार गरेका थिए बैशाख २७ गते। यही पृष्ठभूमिमा कार्यदल बनेको हो। त्यही आधारमा १० बुँदे भएको हो' भट्टराईले भने।

धेरैलाई १० बुँदेमा माधव नेपालको सहमति नभएको भनेर टिकाटिप्पणी सुनिएको भन्दै भट्टराईले माधव नेपालले १० बुँदेमा केही शब्द परिवर्तन गर्न लगाउर सहमति बनेको समेत बताए।

'साउन २२ गते बैठकमा आएको निष्कर्ष सहित माधव नेपाललाई १० बुँदेका बारेमा जानकारी दिएका थियौं। भीम रावल कमरेडले माधव नेपालले १० बुँदेबारे जानकारी दिएका थिए। माधव कमरेडले केही शब्दहरु परिवर्तन गर्न लगाएका थिए। पछि घनश्याम भुसाल कमरेडले १० बुँदेको फाइनल ड्राफट माधव नेपाललाई घरमै लगेर बुझाएका थिए'उनले भने।

'माधव कमरेडलाई छलेर थाहा नदिइ १० बुँदे गरिएको होइन। पार्टी एकता गर्ने मनसाय थियो थिएन भनेर अहिले भन्न सकिन्न' योगेशले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell