PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अफगानिस्तान चाँडो छाड्न अमेरिका र बेलायतको अपिल, आइएसआइएसको हमला हुनसक्ने चेतावनी



अफगानिस्तान चाँडो छाड्न अमेरिका र बेलायतको अपिल, आइएसआइएसको हमला हुनसक्ने चेतावनी
फोटो : Reuters

अमेरिका र बेलायतले अफगानिस्तानको हमिद कार्जाइ अन्तर्राष्ट्रय विमानस्थलबाट गर्नेहरुलाई सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ। काबुलस्थित उक्त विमानस्थलबाट कयौं विदेशीहरुले देश छाड्ने क्रम जारी छ। १० दिनअघि तालिवानले सत्ता कब्जामा लिएपछि काबुल विमानस्थलबाट ८२ हजार बढी मानिसले आफगानिस्तान छाडेको बताइएको छ।

बुधवार अबेर भने अमेरिका र बेलायतले काबुल विमानस्थल बाहिर कुनै बेला आतंकवादी हमला हुनसक्ने प्रक्षेपण गरेको बताइएको छ। यतिबेला विमानस्थल बाहिर कयौं मानिसहरु आफ्नो देश फिर्तीका लागि विमान पर्खिरहेका छन्। अमेरिकी फौजले ३१ अगस्टमा अफगानिस्तान छाड्ने भने पनि आफ्नो नागरिक सबैलाई नलगेसम्म नछाड्ने यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बताइसकेका छन्।

अमेरिकी फौजले अफगानिस्तान छाड्नुअघि नै आफ्नो देश फर्कन चाहनेहरुलाई तालिवानले जान सक्ने भन्दै खुला गरिदिएको छ। त्यसयता काबुल विमानस्थलमा मानिसहरुको ओइरो नै लागेको थियो।

बुधवार अमेरिकी रक्षा मन्त्रालयले चाँडोभन्दा चाँडो अफगानिस्तान छाडेको राम्रो भन्ने सन्देश जारी गरिएको बीबीसीले जनाएको छ। यता बेलायतले पनि काबुलभन्दा सुरक्षित स्थानमा सर्न र थप सुझावका लागि पर्खन भनेको बीबीसीमा उल्लेख छ।

सेकुरेटि थ्रेट् भन्दै अमेरिका र बेलायतले यस्ता अपिल जारी गरेपनि कसले आक्रमण गर्दैछ भन्ने विषयमा भने खुलाएका छैनन्।

यता सिएनएनले भने आइएसआइएस-केले काबुल विमानस्थलबाहिर आक्रमणको योजना बनाएको उल्लेख गरिएको छ। अमेरिकी रक्षा मन्त्रालयको अधिकारीको भनाई उद्धृत गर्दै सिएनएनले तालिवान आइएसआइएसको शत्रु भएकोले यस्तो आक्रमण हुन सक्ने जनाएको छ।

काबुलस्थित अमेरिकी दूतावासले काबुल विमानस्थलबाहिर धेरै समय नअलमलिनसमेत सुझाव दिएको छ। अफगानिस्तानबाट नेपालीहरु पनि फर्कने क्रम जारी छ। १५०० भन्दा बढी नेपालीहरु त्यहाँ रहेको अनुमान गरिएकोमा हालसम्म ७७० जना नेपाल फर्किसकेको सरकारले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell