PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सभापतिहरुको अनशनमा साथ दिन जिल्लाजिल्लाबाट सानेपा आउँदै कांग्रेस नेता - कार्यकर्ता



सभापतिहरुको अनशनमा साथ दिन जिल्लाजिल्लाबाट सानेपा आउँदै कांग्रेस नेता - कार्यकर्ता

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु महाधिवेशनको मुखमा आन्दोलित बनेका छन्। क्रियाशिल सदस्यता सूची सार्वजनिक गर्नुपर्ने मागसहित सभापति शेरबहादुर देउवाइतरका जिल्ला सभापतिहरुले कांग्रेस मुख्यालय सानेपामा बुधवारबाट अनशन नै थालेका छन्।

बुधवार नुवाकोटका कांग्रेस सभापति जगदीशनरसिंह केसी, काभ्रेका कांग्रेस सभापति मधु आचार्य र धादिङका कांग्रेस सभापति रमेश धमलाले रिले अनशन थालेका थिए।

माग पुरा नभएसम्म आफूहरुको अनशन जारी राख्ने जिल्ला सभापतिहरुको तयारी छ।

आज ११ बजेबाट तनहुँका कांग्रेस सभापति बैकुण्ठ न्यौपाने, सुर्खेतका कांग्रेस सभापति कमल रेग्मी र सिन्धुपाल्चोकका कांग्रेस सभापति विकास लामा रिले अनसन बस्दैछन्।

जिल्ला सभापतिहरुको रिले अनसनलाई साथ दिन आज जिल्लाजिल्लाबाट बस रिजर्भ गरेर कांग्रेस नेता तथा कार्यकर्ता सानेपा आइपुग्ने बताइएको छ। 'नेता तथा कार्यकर्ताहरु हिजैबाट आउनुभएको हो। धादिङबाट हिजो रामनाथ अधिकारी, हरि अधिकारी, वासुदेव तिमल्सिना, तिलकप्रसाद रुवाली, बद्री अर्याल, रकेश धमला, विश्व अर्याल लगायत आउनुभएको थियो,' धदिङ कांग्रेसका सभापति धमलाले भने, 'आज कोषाध्यक्ष बाबुकृष्ण सापकोटाको नेतृत्वमा साथीहरु आउनुहुन्छ।'

जिल्ला सभापतिहरुको अनसनलाई एक्यबद्धता जनाउन तनहुँ, सिन्धुलीबाट पनि नेता कार्यकर्ता आउने क्रम जारी रहेको धमलाले बताए। बिहान ११ बजे नेता तथा कार्यकर्ता सानेपा आइपुग्ने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell