PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

काबुल विस्फोटमा १३ अमेरिकी नागरिकको मृत्युपछि आक्रमणकारीलाई नछाड्ने बाइडेनको चेतावनी



काबुल विस्फोटमा १३ अमेरिकी नागरिकको मृत्युपछि आक्रमणकारीलाई नछाड्ने बाइडेनको चेतावनी

अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वारमा भएको दुई शक्तिशाली आत्मघाती बम विस्फोटमा परी १३ अमेरिकी नागरिकको मृत्यु भएको छ। त्यसमध्ये १० अमेरिकी सेना भएको सिएनएनले जनाएको छ।

बीबीसीले भने घटनामा १२ जना अमेरिकी सेना मारिएको जनाएको छ।

अमेरिकी मरिन कर्पका प्रवक्ता मेजर जिम स्टेनजरले विस्फोटमा परी १८ जना घाइते भएको बताएका छन्।

काबुल एयरपोर्ट हमलाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। टेलिग्राम एकाउन्टमार्फत इस्लामिक स्टेटले हमलाको जिम्मेवारी लिएको रोयटर्सले जनाएको छ।

तालिबानका प्रवक्ताले रोयटर्सलाई बताए अनुसार आक्रमणमा घाइते भएकामध्ये तालिबान गार्डसहित बालबालिका पनि रहेका छन्।

तालिबानले काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम विष्फोटको निन्दा गरेको छ। सो आक्रमण अमेरिकी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा भएको तालिबानले बताएको पीए मिडियाले उल्लेख गरेको छ।

अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले अतंककारीलाई नछाड्ने बताएका छन्। घटनापछि ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा उनले भने, 'जसले यो घटना घटायो, जसले अमेरिकालाई क्षति गर्छु भनेर सोच्छन् भने हामी छाड्नेछैनौ, हामी विर्सनेछैनौ।'

बाइडेनले बदला लिने चेतावनीसमेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell