काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले कांग्रेस केन्द्रीय कार्यलय सानेपामा अनशन जारी राख्ने भएका छन्। क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न मागसहित गर्दै जिल्ला सभापतिहरुले बुधवारबाट रिले अनशन थालेका थिए।
अनशन आज पनि जारी रहने सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले जानकारी दिए। आज सिन्धुपाल्चोकका सभापति लामा, सोलुखुम्बुका कांग्रेस जिल्ला सभापति विनोद बस्नेत र रोल्पाका कांग्रेस सभापति अमरसिंह पुन रिले अनशनमा बस्ने तय भएको छ।
कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची बिहीवार वेबसाइटमा सार्वजनिक गरिसकेको छ। सबै जिल्लाको नआएसम्म अनशन जारी रहने जिल्ला सभापतिहरुको भनाई रहेको छ। जिल्ला सभापतिहरुको अनशनलाई साथ दिन जिल्लाजिल्लाबाट कांग्रेस कार्यकर्ता काठमाडौं आउने क्रम जारी रहेको नेताहरुले बताएका छन्।