PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रदेश नम्बर १ मा दुई मन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ ग्रहण



प्रदेश नम्बर १ मा दुई मन्त्री नियुक्त, प्रदेश प्रमुखले गराए शपथ ग्रहण

विराटनगर : प्रदेश नम्बर १ का नवनिर्वाचित मुख्यमन्त्री भीमप्रसाद आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री भएको भोलिपल्टै उनले ताप्लेजुङका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई मन्त्री नियुक्त गरेका हुन्।

साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तिवारीलाई उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको छ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शुक्रवार अपराह्न दुवै मन्त्रीलाई शपथ ग्रहण गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell