पोर्चुगिच स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने पक्का भएको छ। इटालियन क्लब युभेन्टसबाट रोनाल्डो इङ्ग्लिस क्लब युनाइटेड जाने भएका हुन्।
म्यानचेस्टर युनाइटेडले ‘वेलकम होम क्रिस्टियानो’ भन्दै ट्विट पनि गरेको छ।
Welcome 𝗵𝗼𝗺𝗲, @Cristiano 🔴#MUFC | #Ronaldo
— Manchester United (@ManUtd) August 27, 2021
म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई ट्रान्सफर गर्न उनी हाल रहेको क्लब युभेन्टससँग सहमति भएको जानकारी दिएको छ।
क्रिस्टियानोले पाँच पटक बेलोन डिओर जितेका छन्। उनले आफ्नो करियरमा हालसम्म ३० भन्दा बढी मुख्य ट्रोफीहरु जितेका छन्, जसमा पाँच पटक यूईएफए च्याम्पियन्स लिग, चार पटक फिफा क्लब वर्ल्ड कप, इल्याण्ड, स्पेन इटाली लगायत लिग टाइटल र आफ्नो देश पोर्चुगलको लागि सात वटा युरोपियन च्याम्पियन सिप टाइटल जितेका छन्।
यसअघि म्यानचेस्टर युनाइटेडमा हुँदा उनले २९२ खेलमा ११८ गोल गरेका थिए।
रोनाल्डोको ट्रान्सफरलाई अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पनि जोडेर चर्चामा आइरहेको थियो।