PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कान्तिपुरी नगरीका 'राजा', बजाउँदैछन् बाजा



रवीन्द्र मानन्धर

कान्तिपुरी नगरीका 'राजा', बजाउँदैछन् बाजा

बाजा बजाउने सिजन त होइन अहिले। तर, यतिखेर काठमाडौं महानगरपालिकाले बजाउन थालेको छ। कुरो कर उठाउने पर्‍यो। दिन नसके पनि कान्तिपुरी नगरीका 'राजा' लिन किन पछि पर्थे !

त्यसैले यतिखेर सांस्कृतिक शहरमा रौनक छ। कर लिन भन्दै घरघरमा नि:शुल्क बाजागाजाको मनोरञ्जन।

कर उठाउन बाजा बजाए पनि घरछेउको फोहर उठाउन बज्ने सिठ्ठीको आवाज सुनिन्न आजकल। त्यसैले काठमाडौंमा फोहरका डङ्गुर देखिन थालेको छ। फोहर चुलिएर शिखरकै रुप लिन पनि के बेर! गनाउने शिखरको शहरका रुपमा कान्तिपुरी नगरीको नाममा अर्को पहिचानमा थपिन सक्छ। गजब आइडिया। 

त्यसमाथि लगातार झरी। पानीले तिनै फोहर बगाएर भएका सडक किनारका नाला भरिन थालेको छ। नाला बन्द भएपछि महानगरको सुन्दरता अझ थपिनेछ। किनकी पानी बग्न बन्द हुन्छ, सडकमै ताल जम्छ। महानगरमा ताल छैन, त्यसको सदुपयोग गरौं भन्ने लागेको हो कि हाम्रा मेयरलाई? कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell