PahiloPost

Apr 10, 2026 | २७ चैत्र २०८२

अमेरिकाद्वारा अफगानिस्तानमा ड्रोन हमला



अमेरिकाद्वारा अफगानिस्तानमा ड्रोन हमला

अमेरिकाले अफगानिस्तानको आइएसआइएस रहेको इलाकामा ड्रोन स्ट्राइक प्रहार गरेको छ। काबुलमा दुई वटा बम विस्फोटबाट १६९ जना आफगानी र १३ अमेरिकी मारिएपछि अमेरिकाले ड्रोन स्ट्राइक हानेको हो।

नंगहार भनिने स्थानमा प्रहार गरिएको ड्रोन स्ट्राइकबाट एक जनाको मृत्यु भएको भ्वाइस अफ अमेरिकाले जनाएको छ। मारिने व्यक्ति काबुल विस्फोटमा संलग्न थिए कि थिएनन् भन्नेबारेमा केही खुलाइएको छैन।

अमेरिकी रक्षा विभागका प्रवक्ता बिल अर्बानले एअर स्ट्राइक प्रहार गरेको उल्लेख गर्दै मानिसको मृत्युबारे भने जानकारी नभएको सिएनएनले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell