PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जिल्ला सभापतिहरुसँग चाक्सीबारीमा पौडेल पक्षको छलफल



जिल्ला सभापतिहरुसँग चाक्सीबारीमा पौडेल पक्षको छलफल
फोटो : युपी लामिछाने

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु अहिले नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफलमा जुटेका छन्। शनिवार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुसँग उनीहरुल छलफलमा जुटेका हुन्।

छलफलमा जिल्ला सभापतिहरुका तर्फबाट नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदीशनरसिंह केसी, काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँ, धादिङका कांग्रेस सभापति रमेश धमलालगायत छन्।

त्यसैगरी कांग्रेस नेताहरु सिंहसँगै डा प्रकाशशरण महत, डा मिनन्द्र रिजाल, दिलेन्द्र बडुलगायत छलफलमा छन्।

पौडेल पक्षका जिल्ला सभापतिहरु क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्नुपर्ने मागसहित बुधवारबाट रिले अनशनमा छन्। यता केन्द्रले शुक्रवारसम्ममा ४८ जिल्लाको क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गरिसकेको छ। १४ औं महाधिवेशन संघारमा रहेकोले अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल जारी रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell