PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

जिल्ला सभापतिहरुको अनशन तोडाउन कांग्रेस नेताहरु सानेपा जाँदै



जिल्ला सभापतिहरुको अनशन तोडाउन कांग्रेस नेताहरु सानेपा जाँदै

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले थालेको अनशन तोडाउन कांग्रेस नेताहरु अनशनस्थल सानेपास्थित कांग्रेस मुख्यालयतर्फ लागेका छन्। नेताहरु कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल अनशन तोडाउन बालुवाटारबाट सानेपा गएको स्रोतले बताएको छ।

शनिवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच जिल्ला सभापतिहरुले छलफल गरेका थिए। १४ औं महाधिवेशन संघारमा आए पनि क्रियाशील सदस्यता विवरण सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरुले बुधवारबाट तीन बुँदे माग राख्दै अनशन थालेका थिए। कांग्रेसले अहिलेसम्म ४८ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell