PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कांग्रेसका जिल्ला सभापतिहरुको तोडियो अनशन



कांग्रेसका जिल्ला सभापतिहरुको तोडियो अनशन
फोटो : सुशान्त आचार्य।

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको अनशन तोडिएको छ। नेताहरु कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल सानेपा पुगेर जिल्ला सभापतिहरुको अनशन तोडेका छन्। जिल्ला सभापतिहरुको तीन बुँदे माग सम्बोधन हुने भएपछि उनीहरुले अनशन तोडेका हुन्।

क्रियाशिल सदस्य सार्वजनिक गर्ने र त्रुटि भएको ठाउँहरुमा सच्याउने, एक मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला सभापतिले महासमिति सदस्यमा निर्वाचनमा भाग लिन पाउने भएपछि हाललाई अनशन स्थगित गरी अधिवेशनमा लाग्ने तयारी गरिएको सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले बताए।

शनिवार बिहान ११ बजे अनशन तोडाउने खबरले हिजोबाट बसेका जिल्ला सभापतिहरु दिउँसो ४ बजेसम्म अनशनस्थलमै बसेका थिए। कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल अनशन तोडाउन आउने भनिएको थियो। उनीहरु नआएपछि काठमाडौं जिल्ला सभापति सबुज बानियाँसहित उदयपुरका विदुर बस्नेत र संखुवासभाका दिपनकुमार श्रेष्ठले अनशन शुरु गरेका थिए।

शनिवार बिहान कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच जिल्ला सभापतिहरुले छलफल गरेका थिए। १४ औं महाधिवेशन संघारमा आए पनि क्रियाशील सदस्यता विवरण सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरुले बुधवारबाट तीन बुँदे माग राख्दै अनशन थालेका थिए। कांग्रेसले अहिलेसम्म ५३ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell