PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

पारसको क्यारिकेचर गर्दै भरतमणि पुगे 'कमेडी च्याम्पियन २' को फाइनलमा



पारसको क्यारिकेचर गर्दै भरतमणि पुगे 'कमेडी च्याम्पियन २' को फाइनलमा
Photo : Comedy Champion

काठमाडौं : लामो कपाल, ढाका टोपी, गलामा रुद्राक्षको माला, लामो कमिज। पहिला देखिनेभन्दा भिन्न पहिरनमा कमेडी च्याम्पियनको स्टेजमा देखिए भरतमणि पौडेल। लक्ष्य सिजन २ को फिनालेमा पुग्नु थियो। गर्दै आइरहेका भन्दा पृथक भूमिका निर्वाह गर्नुपर्ने चुनौति थियो। त्यसैले उनी देखिए पूर्व युवराज पारस शाहको गेटअपमा।

पारसको जस्तै हाउभाउमा स्टेज प्रवेश गरेका भरतमणिको व्यङ्याग्मत प्रस्तुतीलाई धेरैले रुचाए। पारसले मोटरसाइकलमा सवार हुँदा हेलमेट नलगाएको घटनालाई उनले प्रस्तुत गरेका थिए। साथै उनले राजतन्त्र देखि वर्तमान राजनीतिक परिस्थितिका बारेमा चोटिलो व्यङ्ग्य पनि गरे। त्यसपछि पत्रकार र पारसबिचको रोचक संवादको दृश्य सुनिन्छ। पारसको पत्रकारसँग प्रस्तुत हुने शैली, आजकालका युट्युब पत्रकारिताबारे कटाक्ष केन्द्रित थियो।

उनले आफ्नो प्रस्तुतिका क्रममा राष्ट्रभक्ति वास्तविक हुनुपर्ने सन्देश दिन खोजेका थिए। उनको प्रस्तुतिपछि चारै जना निर्णायकहरुले स्टान्डिङ अवेसन दिएका थिए। दमदार प्रस्तुति दिएका भरतमणिले 'पर्फमर अफ द' हुँदै सिधै टप ३ मा प्रवेश गर्न सफल भए।

उत्कृष्ट ४ बाट उनी बिना भोटिङ सिधै फाइनलमा प्रवेश गरेका हुन्। बाँकी तीन प्रतिस्पर्धी, हिक्मत महरा, बिक्की अग्रवाल र सन्तोष थापाबाट दुई जना भने भोटिङको आधारमा टप ३ अर्थात फाइनालिस्ट छानिनेछन्।

भरतमणि शोको विजेताका दाबेदार मानिएका प्रतिस्पर्धी पनि हुन्। पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको क्यारिकेचर गरेपछि उनलाई दर्शकले ‘नोटिस’ गरेका थिए।

भरतमणि फाइनलमा प्रवेश गरेसँगै उनलाई एमाले नेता तथा पूर्व मन्त्री योगेश भट्टराईले समेत बधाई तथा शुभकामना दिएका छन्। योगेशको पहलमा यसअघि नै भरतमणिलाई ६ लाख रुपैयाँ राशिको पुरस्कार घोषणा समेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell