PahiloPost

Jul 3, 2024 | २० असार २०८१

स्रोत नखुलेको साढे १० लाख रकमसहित एक भारतीय र एक नेपाली पक्राउ



स्रोत नखुलेको साढे १० लाख रकमसहित एक भारतीय र एक नेपाली पक्राउ

वीरगंज : पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख ६३ हजार ६ सय २० रुपैयाँ र भारु १ हजार ६ सयसहित दुई जनालाई पक्राउ गरेको छ। शनिवार साँझ ६ बजे पर्साको पश्चिमी नाका जानकी टोलाबाट नेपाल भित्रिरहेको अवस्थामा प्रहरीको चेकिङका क्रममा उनीहरु चढेको नम्बर उल्लेख नभएको मोटरसाइकलको सिटमुनिबाट रकम बरामद भएपछि हिरासतमा लिई बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा एक जना भारतीय र एक जना नेपाली नागरिक रहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। इलाका प्रहरी कार्यालय जानकी टोलाले जगरनाथपुर वडा नम्बर २ जनकी टोला चेकप्वाइन्टबाट आइरहेको अवस्थामा दुवैलाई पक्रेको थियो।

पक्राउ पर्नेमा पर्साको धोबिनी गाउँपालिका-२ गुलरीयाका ५० वर्षीय रामपुकार पटेल र बिहारको पश्चिमी चम्पारण जिल्ला ईनार्वाका ४५ वर्षीय वृजकिशोर गिरी रहेका छन्। प्रहरीले भारतबाट स्रोत नखुलाएर ल्याएको ठूलो परिमाणको रकमलाई अवैध मान्दै हुन्डी मुद्दामा नियन्त्रणमा लिने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell