PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काबुलमा ‘सुसाइड बमर्स’ रहेको गाडीलाई लक्षित गरी अमेरिकाको ड्रोन आक्रमण



काबुलमा ‘सुसाइड बमर्स’ रहेको गाडीलाई लक्षित गरी अमेरिकाको ड्रोन आक्रमण
Photo: Anadolu Agency/Getty Images

अमेरिकाले ‘आत्मघाती बम आक्रमणकारीहरु’ रहेको गाडीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ। ‘आइसिस-केको सम्भावित खतरा’ रहेको भनिएको सो गाडीलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको द गार्डियनले उल्लेख गरेको छ। यसबारे थप जानकारी दिइएको छैन।

एक सैन्य अधिकारीका अनुसार ड्रोन स्ट्राइकका कारण ठूलो विस्फोट भएको छ। जसले सवारी साधनमा ठूलो मात्रामा विस्फोटक पदार्थ रहेको पुष्टि भएको ति अधिकारीले बताएका छन्।

अमेरिकाले काबुलस्थित एक सवारी साधनमा ड्रोन आक्रमणको अमेरिकी सेनाका प्रवक्ताले पुष्टि गरेको रोयटर्सले जनाएको छ। सो सवारी साधनमा काबुलतर्फ गइरहेका केही आत्मघाती बम आक्रमणकारीहरु सवार रहेको उनले बताए।

त्यस्तै, काबुल अन्तर्राष्ट्रिय विमानस्थलको उत्तर-पश्चिमी क्षेत्रमा पनि रकेट आक्रमण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। रकेट आक्रमणका कारण एक बालकको मृत्यु भएको बताइएको छ। दुई आक्रमण फरक रहेको बताइए पनि यसको पुष्टि हुन भने बाँकी रहेको छ।

काबुल विमानस्थलमा अर्को सम्भावित आतंकवादी हमलाको लागि अमेरिकाले उच्च सतर्कता अपनाइरहेको छ। उसले नागरिकहरुलाई तुरुन्त सो क्षेत्र छोड्न चेतावनी समेत दिएको छ। काबुलस्थित अमेरिकी दूतावासले शनिवार एक ‘विशिष्ट, विश्वसनीय खतरा’ रहेको भन्दै चेतावनी दिएको थियो।

तालिबानका एक अधिकारीले आइतवार रोयटर्सलाई बताए अनुसार तालिबान र विमानस्थल छोड्ने क्रममा रहेको अमेरिकी सेनाले काबुल विमानस्थलको छिटो हस्तान्तरण गर्ने लक्ष्य राखेका छन्।

‘हामी काबुल विमानस्थलको पूर्ण रुपमा नियन्त्रण गर्न अमेरिकीहरुबाट अन्तिम स्वीकृतिको लागि पर्खिरहेका छौँ,’ नाम गोप्य राख्ने शर्तमा ति अधिकारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell