PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अमेरिकी ड्रोन आक्रमणमा परी काबुलमा मारिनेमा बालबालिका पनि



अमेरिकी ड्रोन आक्रमणमा परी काबुलमा मारिनेमा बालबालिका पनि
ड्रोन हमलामा ध्वस्त कार। फोटो : AP

अमेरिकाले ‘आत्मघाती बम आक्रमणकारीहरु’ रहेको गाडीलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा परी बालबालिकाको पनि ज्यान गएको बताइएको छ। उक्त आक्रमणमा परी तीन जना बालबालिकाको ज्यान गएको डेलीमेलले दाबी गरेको छ। उनीहरु कुन उमेरका थिए भनेर खुलाइएको छैन। सिएनएन, तोलोन्युजले आक्रमणमा परी बालबालिकाको ज्यान गएको उल्लेख गरे पनि कति संख्या भनेर उल्लेख गरिएको छैन।

यता भारतीय समाचार अनलाइन भास्करले ६ जना बालबालिकाको उक्त आक्रमणमा मृत्यु भएको जनाएको छ। भास्करले उक्त आक्रमणमा परी ९ जनाको मृत्यु भएको दाबी गरिएको छ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले अतांककारीले अर्को हमला गर्न सक्छन् भनी चेतावनी दिएको केही समयमै अमेरिकाले ड्रोन हमला गरेको हो। ‘आइसिस-केको सम्भावित खतरा’ रहेको भनिएको सो गाडीलाई लक्षित गरी ड्रोन आक्रमण गरिएको बताइएको छ।

अमेरिकाले काबुलस्थित एक सवारी साधनमा ड्रोन आक्रमणको अमेरिकी सेनाका प्रवक्ताले पुष्टि गरेको रोयटर्सले जनाएको छ। सो सवारी साधनमा काबुलतर्फ गइरहेका केही आत्मघाती बम आक्रमणकारीहरु सवार रहेको उनले बताए।

त्यस्तै, काबुल अन्तर्राष्ट्रिय विमानस्थलको उत्तर-पश्चिमी क्षेत्रमा पनि रकेट आक्रमण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

काबुल विमानस्थलमा अर्को सम्भावित आतंकवादी हमलाको लागि अमेरिकाले उच्च सतर्कता अपनाइरहेको छ। उसले नागरिकहरुलाई तुरुन्त सो क्षेत्र छोड्न चेतावनी समेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell