PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

दयाहाङ राई नियुफको ब्रान्ड एम्बेसेडरमा नियुक्त



दयाहाङ राई नियुफको ब्रान्ड एम्बेसेडरमा नियुक्त
फाइल फोटो।

काठमाडौं : अभिनेता दयाहाङ राई नेपाल-युरोपियन फिल्म फेस्टिभल (नियुफ) को ब्रान्ड एम्बेसेडर नियुक्त भएका छन्। आयोजक युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले उनलाई फेस्टिभलको दूतमा नियुक्त गरेको हो।

दयाहाङ राईले फेस्टिभलसँग जोडिन पाउँदा निकै खुशी लागेको सुनाए। महामारीका कारण फिल्मका गतिविधि ठप्प भएको समयमा भर्चुअल रुपमै हुने फेस्टिभलले फिल्मकर्मीमा उर्जा थपेको उनको भनाइ छ।

‘महामारीले फिल्मका गतिविधि ठप्प भएको समयमा फिल्म फेस्टिभल हुनु नै सकारात्मक कुरा हो। अझ फेस्टिभलमा नेपाली फिल्म पनि समावेश हुने रहेछन्, यसले झनै उत्साहित तुल्याएको छ’, उनले भने, ‘यो फेस्टिभल आफैंमा साँस्कृतिक आदानप्रदान जस्तो हो। यसले हाम्रो फिल्म साक्षरताका लागि पनि महत्वपूर्ण योगदान गर्छ।’

दयाहाङ राईलाई चलचित्र महोत्सव (नियुफ)का लागि दूत नियुक्त गर्दा खुसी लागेको डेलिगेसनले जनाएको छ।

नेपाल-युरोपियन फिल्म फेस्टिभलको यो दसौँ संस्करण हो। फेस्टिभल आउँदो असोज १ देखि ९ गतेसम्म भर्चुअल रुपमा चल्नेछ।

महोत्सवमा डेलिगेसनले आयोजना गरेको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको विजेताको घोषणा तथा चलचित्रसँग सम्बन्धित महत्वपूर्ण अन्तर्क्रिया र गोष्ठीहरू पनि सञ्चालन हुने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell