PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कांग्रेसको वडा अधिवेशन आउन तीन दिनमात्र बाँकी तर २४ जिल्लाको क्रियाशील अझै भएन सार्वजनिक



कांग्रेसको वडा अधिवेशन आउन तीन दिनमात्र बाँकी तर २४ जिल्लाको क्रियाशील अझै भएन सार्वजनिक

काठमाडौं : सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस महाधिवेशनको माहोलमा छ। कांग्रेसले यही १८ गते देशभर वडा अधिवेशन गर्ने तालिका बनाएको छ।

यद्यपि सार्वाधिक विवादमा रहेको जिल्लाहरुको क्रियाशील सदस्यता सूची अझै सार्वजनिक गरेको छैन। कांग्रेसले तीन चरण गरी हालसम्म ५३ जिल्लाको क्रियाशिल सदस्यता सूची सार्वजनिक गरिसकेको छ।

थप २४ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक हुन बाँकी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले बताए। '५३ जिल्लाको क्रियाशील सूची सार्वजनिक भइसक्यो। निर्वाचन प्रतिनिधि पनि खटिसके,' संयोजक यादवले भने, 'बाँकी २४ जिल्लाको आउन बाँकी छ।'

क्रियाशील सूची आउन बाँकी जिल्लाहरु तराईका छन्। प्रदेश २ को कुनै जिल्लाको क्रियाशील सूची सार्वजनिक भएको छैन। ती जिल्लाहरुमा क्रियाशील सूची सार्वजनिक हुनेवित्तिकै पुर्‍याउन सजिलो हुने निर्वाचन समितिका संयोजक यादवले बताए। यद्यपि यसरी क्रियाशील सार्वजनिक नहुनेमा केही पहाडी जिल्लासमेत रहेको उनले बताए। ती सूचीहरु आउने वित्तिकै आफूहरुले सबै जिल्लामा प्रतिनिधि खटाउने यादवले बताए।

सर्ला वडा अधिवेशन?

कांग्रेस नेताहरुले वडा अधिवेशन यसअघि नै भदौ २२ गते गर्ने गरी सार्न सुझाव दिएका थिए। एकै पटक सबै वडाहरुमा अधिवेशन गर्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच समझदारी पनि भएको थियो।

दुई नेताबीच सहमतिपछि जिल्ला सभापतिहरुले थालेको रिले अनशन स्थगित भएको थियो। क्रियाशील सदस्यता सूची सार्वजनिक भएपछि छुटेका र थपेका दाबीविरोध हुने देखिन्छ। यसले पनि केही समय लिने भएकोले कांग्रेसको वडा अधिवेशन सर्ने देखिएको एक केन्द्रीय सदस्यले बताए। 'क्रियाशील सार्वजनिक भएका जिल्लाहरु ५३ भए पनि सबैको दाबीविरोध आइसकेको छैन, २४ जिल्लाको अझै बाँकी छ। तिनमा थप दाबी विरोध आए १८ गते वडा अधिवेशन हुने देखिन्न,' ती केन्द्रीय सदस्यले भने। वडा अधिवेशन एकैसाथ गर्नका लागि नेताहरुले २२ गतेलाई प्रस्ताव गरेको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell