PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ दलका चार शीर्ष नेताबीच छलफल



बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ दलका चार शीर्ष नेताबीच छलफल

काठमाडौं : सत्ता गठबन्धनले मन्त्रिपरिषद बिस्तारका लागि मंगलवार साँझ फेरि छलफल गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक निर्णयविहीन भएको हो। गठबन्धनमा रहेका दलहरुबिचको भागबण्डा मिलाउन भन्दै नेताहरुले छलफल गर्दै आएको भए पनि सहमतिबारे कुनै विषय सार्वजनिक गरेका छैनन्।

बालुवाटार स्रोतका अनुसार मंगलवार विहानको बैठकले पनि मन्त्रीहरुको भागबण्डा मिलाउने प्रयास गरेका छन्। बैठकमा प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत)समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आजको बैठकमा सहभागी थिए।

यसअघि सोमवार सत्तारुढ गठबन्धनका नेताहरुको बैठक बालुवाटारमा बसेको थियो। बैठकले मन्त्रिपरिषद् विस्तारका लागि शीर्ष नेतालाई जिम्मेवारी दिएको थियो। मंगलबार साँझ बस्ने बैठकले मन्त्रीहरुको टुंगो लगाउने र बुधवार मन्त्रिपरिषद बिस्तार गर्ने देउवाको तयारी छ। देउवा सरकार गठन भएको डेढ महिनाभन्दा बढी समय सम्म पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन्। देउवासँग हाल ६ सदस्यीय मन्त्रिपरिषद् छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell