PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

फेरि हलिउड फिल्ममा देखिँदै दीपिका 



फेरि हलिउड फिल्ममा देखिँदै दीपिका 

बलिउड अभिनेत्री दीपिका पादुकोण फेरि हलिउड फिल्ममा काम गर्ने भएकी छिन्। उनले यसअघि भान डिजेलसँग ‘ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केज’मार्फत हलिउडमा प्रवेश गरेकी थिइन्। तर, फिल्मले औसत सफलता मात्रै पाएको थियो।

साढे ४ वर्षपछि दीपिका पादुकोण पुन: हलिउड फिल्ममा कमब्याक गर्न थालेकी हुन्। उनले अन्तर साँस्कृतिक रोमान्टिक कमेडी निर्माणसँगै मुख्य भूमिकामा अभिनय पनि गर्ने भएकी छिन्। तर, फिल्मको टाइटल भने अझै फिक्स हुन सकेको छैन।

उनले इरोजको एसटिएक्स ग्लोबल कर्पोरेसनसँग मिलेर यो फिल्म बनाउन लागेकी हुन्। निर्माणका लागि दीपिकाको प्रोडक्सनले हलिउडको टेम्पल हिल प्रोडक्सनसँग सहकार्य गर्नेछ। टेम्पल हिल प्रोडक्सनले यसअघि ‘ट्वाइलाइट’ फ्रेन्चाइज र ‘फल्ट इन आवर स्टार्स’ निर्माण गरिसकेको छ।

दीपिकाले फिल्म ‘छपाक’बाट फिल्म निर्माणमा समेत हात हालेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell