PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

कांग्रेस महाधिवेशन : थप ३ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक



कांग्रेस महाधिवेशन : थप ३ जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक

काठमाडौं : नेपाली कांग्रेसले थप ३ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ। कांग्रेसले १४ औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका जिल्लाहरुको क्रियाशील सदस्यको नामावली मंगलवार पार्टीको वेबसाइटमा प्रकाशित गरेको बताएको छ।

कांग्रेसले सुनसरी, मकवानपुर र बाग्लुङको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको हो।

नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूची सार्वजनिक गरेको हो। साथै, सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको बताइएको छ।

यसअघि कांग्रेसले ५३ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell