PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

सिङ्गापुरका प्रधानमन्त्रीको मानहानी हुनेगरी समाचार छाप्ने सम्पादक र लेखकलाई एक करोड ८२ लाख रुपैयाँ बढी क्षतिपूर्ति तिराउन आदेश



सिङ्गापुरका प्रधानमन्त्रीको मानहानी हुनेगरी समाचार छाप्ने सम्पादक र लेखकलाई एक करोड ८२ लाख रुपैयाँ बढी क्षतिपूर्ति तिराउन आदेश
सम्पादक टेरी सु, फोटो- एसटी।

सिङ्गापुर : सिंगापुरको उच्च अदालतले त्यहाँका दुई न्युज ब्लगरलाई प्रधानमन्त्री ली सियन लओङलाई दुई लाख १० हजार सिंगापुर डलर क्षतिपूर्ति दिन आदेश दिएको छ।

बुधवार त्यहाँको अदालतले प्रधानमन्त्री लीका पिता तथा आधुनिक सिङ्गापुरका संस्थापक लि क्वान युको घरको बारेमा प्रकाशित लेखले सो बराबरको क्षति पुगेको भन्दै क्षतिपूर्ति दिन आदेश दिएको हो। जुन नेपाली एक करोड ८२ लाख ५२ हजार रुपैयाँ बढी हुन आउँछ।

प्रधानमन्त्री लीले लेखक रुबासिनी सनमुगान्थान र सम्पादक टरी सु भनेर चिनिने सु यान चेन विरुद्ध २०१९ को अगस्टमा त्यहाँको अनलाइन सिटिजनमा प्रकाशित सामाग्रीको विषयमा मुद्दा दायर गरेका थिए। सो लेखमा लि परिवार भित्र सम्पत्तिको विषयमा मनमुटाव भएको समाचार प्रकाशित गरेको थियो।

त्यहाँको उच्च अदालतका न्यायाधीशर आन्द्रे लिमले भनेका छन्, ‘लेखले ली माथि बैइमानिको आरोप लगाउँदै उनको प्रतिष्ठा र चरित्रलाई आँच पुर्‍याएको छ।’

‘यो लीको व्यक्तिगत इमान्दारीको मुटुमाथि कै प्रहार हो। र यो केवल व्यक्तिगत रुपबाट मात्र होइन प्रधामन्त्रीको रुपमा पनि उनको विश्वसनीयतालाई गम्भीर रुपमा आँच पुर्‍याएको छ। साथै यसले उनीमाथि इमान्दिरता पूर्ण शासन गर्नका लागि उनको स्वस्थतामा पनि प्रश्न उठाएको छ,’ लिमाको लिखित फैसलामा भनिएको छ। 

सम्पादक सु, जो सिङ्गापुरका नागरिक पनि हुन्,लाई अदालतले प्रधानमन्त्रीलाई लीलाई २ लाख १० हजार सिङ्गापुर डलर क्षतिपूर्ति दिन आदेश दिएको छ। जुन एक लाख २० हजार डलर सामान्य क्षति र ५० हजार डलर क्षतिपूर्ति दिन भनेको छ।

अदालतले सो रकम लेखका सम्पादक सु र मलेसियाली नागरिकसमेत रहेकी लेखक रुब्बाशिनीसँग सामुहिक रुपमा लिन वा कुनै एकबाट लिन पाउने फैसलामा भनेको दी स्ट्रेइट्स टाइम्सले जनाएको छ।

प्रधानमन्त्री ली माथि लेख मार्फत् गम्भीर आरोप लागेपछि उनी गत मेमा अदालतमा उपस्थित भएका थिए। प्रधानमन्त्रीका प्रेस सचिवले अदालतमार्फत पाएको क्षतीपूर्ती च्यारिटीमा दान दिइने जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell