PahiloPost

Jul 3, 2024 | २० असार २०८१

फिल्म ‘अर्ध’मार्फत बलिउडमा डेब्यु गर्दै रुबिना दिलाइक



फिल्म ‘अर्ध’मार्फत बलिउडमा डेब्यु गर्दै रुबिना दिलाइक
Photo: Times of India

‘बिग बोस’ सिजन १४ की विजेता तथा चर्चित टेलिभिजन अभिनेत्री रुबिना दिलाइक बलिउडमा डेब्यु गर्ने तयारीमा छिन्। उनले आउँदो फिल्म ‘अर्ध’मार्फत बलिउडमा डेब्यु गर्न लागेकी हुन्।

इस्ट्राग्राममा फिल्मको पहिलो पोस्टर सेयर गर्दै उनले फिल्म ‘अर्ध’मार्फत बलिउडमा डेब्यु गर्न लागेको जानकारी दिएकी छिन्। साथै उनले एक नयाँ सुरुवात भएको समेत उल्लेख गरेकी छिन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Rubina Dilaik (@rubinadilaik)

हिन्दी टेलिसिरियल ‘छोटी बहु’ लगायतकामा रुबिनाले अभिनय गरिसकेकी छिन्। टेलिसिरियल ‘शक्ति- अस्तित्व के एहसास’मा सोमियाको भुमिकाबाट उनले निकै चर्चा पाउन सफल भएकी थिइन्। जसमा उनले किन्नरको भुमिका निभाएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell