PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हेटौँडा बसोबास संरक्षण मुल समितिले भन्यो : २५ मिटर सडक विस्तार गर्न पाइदैन



हेटौँडा बसोबास संरक्षण मुल समितिले भन्यो : २५ मिटर सडक विस्तार गर्न पाइदैन

हेटौँडा : हेटौँडा बसोबास संरक्षण मुल समितिले पूर्व-पश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा बजार क्षेत्रमा पर्ने सडकको दायाँबायाँ २५/२५ मिटर विस्तार गर्न नपाइने बताएको छ।

समितिका अध्यक्ष कृष्ण कटुवालले आज हेटौँडामा पत्रकार सम्मेलन गरी उपमहानगरपालिकाका मेयर हरिबोल महतले चाडपर्वको मुखमा सडक विस्तार हुन्छ भन्दै भ्रम सिर्जना गरेर नगरवासीलाई आतङ्कित पार्न खाजेको आरोप लगाए।

उनले सरकारले मुआब्जा नदिई हेटौँडा बजार क्षेत्रको सडकको दायाँबाँया २५/२५ मिटर विस्तार गर्दा १ हजार ७ सय ७४ घरधुरी मर्कामा पर्ने समेत बताए। उनले सर्वोच्च अदालतमा दायर गरेको रिट समेत विचाराधिन रहेको अवस्थामा मेयर महतले सडक विस्तारको हल्ला फिँजाएर जनतालाई अत्याएको दावी गरे।

कटुवालले सडक विस्तार गर्दा वैकल्पिक मार्ग अवलम्बन गरिनुपर्ने माग गरे। बजार क्षेत्रबाटै सडक विस्तार गर्ने हो भने पनि १६ मिटर मात्रै विस्तार गर्दा हेटौँडाका घरधनीले मुआब्जा माग नगर्ने उनको भनाइ छ।

‘२५ मिटर नै विस्तार गर्ने हो भने, कि त सरकारले मुआब्जा दिनुपर्‍यो, कि वैकल्पिक मार्ग रोज्नुपर्‍यो। नत्र १६ मिटर मात्रै विस्तार गर्ने हो भने हामीलाई मुआब्जा चाहिँदैन,’ उनले भने।

उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भदौ ९ गते पत्रकार सम्मेलन गरी बजार क्षेत्रको सडको दायाँबायाँ २५/२५ मिटर सडक विस्तार गर्न आवश्यक रहेको र नगरसभाबाटै निर्णय गराएर सो कार्यको लागि पहल भइरहेको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell