PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

पृथकतावादी नेता गिलानीको मृत्यु, कश्मिरमा इन्टरनेट सेवा बन्द



पृथकतावादी नेता गिलानीको मृत्यु, कश्मिरमा इन्टरनेट सेवा बन्द
फोटो : Getty Images

कश्मिरमा पृथकतावादी नेताका रुपमा चर्चित सैयद अली शाह गिलानीको निधन भएको छ। अल पार्टी हुर्रियत कन्फ्रेन्सका अध्यक्ष रहेका उनको गए राति निधन भएको हो। पिडिपीका नेता महबाबु मुफ्तीले सामाजिक सञ्जालमार्फत उनको निधनको पुष्टि गरेको भारतीय समाचार अनलाइन भास्करले जनाएको छ।

यता कश्मिरमा गिलानीको निधनपछि प्रतिबन्धहरु थप गरिएका छन्। सरकारले इन्टरेट सेवा पनि बन्द गरिदिएको छ। कश्मिरको सोपोर विधानसभामा तीन पटक विधायकको भूमिकामा निर्वाचित उनको जन्म २९ सेप्टेम्बर १९२९ मा भएको थियो। कश्मिरलाई भारतको भाग नमानेका कारण भारतले उनको पासपोर्टसमेत खोसेको थियो। कश्मिरमा दंग भड्काएको भन्दै भारतले उनीमाथि देशद्रोहको मुद्दासमेत लगाएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell