PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

खोला थुनिँदा पोखराको कमलपोखरी क्षेत्र भरियो पानीले



खोला थुनिँदा पोखराको कमलपोखरी क्षेत्र भरियो पानीले
फोटो सौजन्य : शोभाकान्त सिग्देल

पोखरा : बुधबार साँझदेखी पोखरामा भएको भारी वर्षातले पोखरा १३ कमलपोखरी क्षेत्र पानीले भरिएको  छ। स्थानीयका अनुसार काहुखोला थुनिँदा वडा न‌ १३ स्थित कमलपोखरी, चिसापानी र काहुँखोलामा जमेको पानीले घरबाट बाहिर निस्किन समस्या परेको छ।

अहिले काहुँखोला पुल रहेको स्थानमा खोला के कारणले थुनिएको हटाउन जेसिवी प्रयोग हुँदै छ। पानी थुनिएको भागलाई निकास गर्न कार्य सुरु भइरहेको वडा न‌ १३ का वडा अध्यक्ष दर्शन लामाले जानकारी दिए। पुलबाट सजिलै पानीको निकास भयो भने कमलपोखरीमा जमेको पानी पनि विस्तारै घट्दै जाने लामाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell