PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जसले जे भनुन्, चल्ने यसैगरी हो!



रवीन्द्र मानन्धर

जसले जे भनुन्, चल्ने यसैगरी हो!

नाम शेर भए पनि बनाइदिए चिप्लेकिरा! गति त किन बढ्थ्यो? मेरो भागमा मन्त्रालयको भारी यसरी कहिल्यै थिएन। यसो आफ्नै दलका साथीहरु तानौं सघाउनेभन्दा सताउनेहरु कुर्सी ताकेर बसेका छन्। चुनावको मुखमा मलाई नै चुनौती दिनेका मान्छेलाई मन्त्री बनाउनुभन्दा माधव, प्रचण्ड र उपेन्द्रकै मानिसले खाउन्!

मैले दिएर मन्त्री खानेले पार्टीमा मलाई नै खान खोजे भने कसरी सहनु? आखिरमा रामचन्द्र, शेखर वा शशांकले मलाई प्रधानमन्त्री बनाएको पनि होइन। बनाएका माधव, प्रचण्ड र उपेन्द्रले पो हो त। अनि उनीहरु कुरो नमिलाउन्जेल म के गरुँ? कता भ्याउँ? जसले जे भनुन्, चल्ने यसैगरी हो जतिसुकै गरे पनि पुग्ने चुनावमै हो।

म चले पनि नचले पनि देश चलिहाल्ने रहेछ, पहिले पनि चलेकै हो। त्यसमाथि रेकर्डमाथि रेकर्ड पनि बनिरहने। यति लामो समय यति धेरै मन्त्रालय यसरी कसैले सम्हालेको थियो? थिएन त। त्यही रेकर्ड। बुझ्नुस् के, मलाई जित्‍न छैन सजिलो - सत्तामा होस् या पार्टीमा। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell