PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

सिन्धुपाल्चोकको कांग्रेस वडा अधिवेशन अनिश्चित



सिन्धुपाल्चोकको कांग्रेस वडा अधिवेशन अनिश्चित

इन्द्रावती : सिन्धुपाल्चोको कांग्रेस वडा अधिवेशन अनिश्चित बनेको छ। केन्द्रले क्रियाशील सदस्यता सूची सार्वजनिक नगर्दा सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन अनिश्चित बनेको हो।

१०३ वडा रहेको जिल्लाको क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशनको टुंगो नलागेको हो। निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा जिल्ला निर्वाचन अधिकृतले नै नयाँ मिति तोक्न सक्ने जनाएको छ।

कांग्रेसले हालसम्म ५७ जिल्लाको क्रियाशील सार्वजनिक गरेको छ। बाँकी जिल्लामा भने भदौ २७ मा हुने भनिएको पालिका अधिवेशनसमेत प्रभावित हुने देखिन्छ। सिन्धुपाल्चोकमा समायोजन विवादको केही प्राविधिक विषय टुंगिन बाँकी रहेकोले अझै केही समय लाग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell